देश

देशमा बन्द गरिएका उद्योगहरु संचालन गर्नुपर्ने पक्षमा बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले देशमा बन्द तथा कमजोर अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले उद्योगहरूलाई देशको आर्थिक संरचनाको आधारस्तम्भको रूपमा चित्रण गर्दै राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

चुनावी अभियानका क्रममा उदयपुर पुगेका शाहले उदयपुर सिमेन्ट उद्योग परिसरमा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उद्योगको महत्त्वमाथि जोड दिएका हुन्। उनले उद्योगहरूको विकासले रोजगारी सिर्जना गर्ने मात्र नभई राष्ट्रिय आम्दानी वृद्धि र दीर्घकालीन आर्थिक समृद्धिमा ठोस योगदान पुग्ने उल्लेख गरेका छन्।

विशेषगरी उदयपुर सिमेन्टजस्ता रणनीतिक उद्योगलाई राज्यले संरक्षण, व्यवस्थापन सुधार र प्रवर्द्धनमार्फत पुनर्जीवित गर्नुपर्ने उनको भनाइ छ। यस्ता उद्योग सञ्चालनमा आएमा स्थानीयदेखि राष्ट्रिय तहसम्म आर्थिक गतिविधि चलायमान हुने विश्वास शाहले व्यक्त गरेका छन्।

उनको भनाइले बन्द उद्योग पुनःसञ्चालन र औद्योगिक नीति सुधारको विषयमा पुनः बहस सुरु हुने संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *