देश

कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत भएको छ। उहाँले गत माघ ८ गते दिएको राजीनामा सभापति गगन थापाले बुधबार स्वीकृत गरेका हुन्।

राजीनामा स्वीकृत भएसँगै केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकिएको छ।पार्टीका सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिअनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *