देश

दक्षिण कोरियामा श्रम संस्कृति पार्टी प्रवास संगठन सुदृढ, ख्यङसान शाखाको दोस्रो क्षेत्रीय समिति गठन

काठमाडौं ।  श्रम संस्कृति पार्टी प्रवास संगठन दक्षिण कोरियाले संगठन विस्तारको क्रमलाई निरन्तरता दिँदै ख्यङसान क्षेत्रीय शाखाको दोस्रो समिति गठन गरेको छ। ऐतिहासिक महत्वका रूपमा हेरिएको उक्त क्षेत्रीय भेलाबाट नयाँ नेतृत्व चयन भएसँगै प्रवासमा पार्टीको सांगठनिक उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ।

भेलाले अशोक राईको अध्यक्षतामा नयाँ क्षेत्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित समितिले ‘जय देश, जय माटो’को मूल नारालाई आत्मसात गर्दै प्रवासी श्रमिकको हक–हित, श्रम संस्कृतिको प्रवर्द्धन र राष्ट्रियतामूलक अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा नविन घर्ती मगर चयन भएका छन् भने उपाध्यक्षमा भुपाल राई, जय वाम्बुले र विकाश वाम्बुले रहेका छन्। सचिवको जिम्मेवारी रेश्मी दुलालले पाएका छन् भने सह–सचिवमा नेल्शन लिम्बु चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा श्री चेम्जोङ र सह–कोषाध्यक्षमा बिबेक निङलेखु निर्वाचित भएका छन्। समितिको प्रवक्ताको भूमिकामा हेमन्त खिम्बुले राई चयन भएका छन्।

सदस्यहरूमा विविध प्रतिनिधित्व

नवगठित समितिमा सदस्यका रूपमा मौसम लिम्बु, हेलन राई, तिलक नाछिरिङ, मनोज राना, शरण लोहनी, विजय राई, अमृत राई, सम्राट लोक्ताम्, अनुप चेम्जोङ, कौशल प्रधान, सागर राई, सुनिल बार्सिङ राई, समिर थेबे, हाईलोन तामाङ, राकेश राना साम्पाङ, रोशन ईसारा, बालकृष्ण कार्की, छत्र ब। राई, रेन्जन दोङ तामाङ, ऋतु तामाङ, हिराकाजी राई, नुमा माबो लिम्बु र सौजन लिम्बु चयन भएका छन्।

संगठन विस्तार र अभियानलाई तीव्रता दिने प्रतिबद्धता

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या, अधिकार र पहिचानका लागि श्रम संस्कृति पार्टीको भूमिका अझ सक्रिय बनाउने बताए। नयाँ समितिले दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै पार्टीको विचार, नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रवास संगठनले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

https://www.facebook.com/rai.pradip.50

सम्पूर्ण जानकारीका लागि फेसबुक क्लिक गरेर हेर्नुहोस् :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *