देश

बालेनले लिए ग्राण्डीमा उपचारत सहकर्मी सिटौलाको स्वास्थ्य अवस्था बारे जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अछाममा ढलेपछि हेलिकप्टरमार्फत काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचारत सिटौलालाई शनिबार बालेनले भेटेका छन् । बालेनले सिटौलाको स्वास्थ्य अवस्थाका कारण चुनावी प्रचारका कार्यक्रम छोट्याएर काठमाडौं फर्किएका छन् ।

शनिबार दिउँसो बालेन ग्राण्डी अस्पताल पुगेर सिटौलाको परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सिटौलाको अवस्था बारे जानकारी लिन नपाएको भन्दै परिवारले बालेनसँग गुनासो गरेका थिए । बालेनले परिवारका सदस्यलाई धैर्य गर्न आग्रह गरेको बताइएको छ । अस्पतालले सिटौलालाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि गरेको र हाल आईसीयूमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *