काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनासम्बन्धी रिटलाई पेसीमा चढाउन आग्रह गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गर्ने कार्यक्रम स्थगित गरेका छन्।
उनीहरू आज बिहान १० बजे सर्वोच्च अदालत जाने तयारीमा थिए। विघटित प्रतिनिधि सभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
निर्वाचनको समयमा संसद् पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीभित्रको माहोल प्रभावित हुन सक्ने देखिएपछि कार्यक्रम स्थगित गरिएको नेताहरूले बताएका छन्।




