मुख्य समाचार

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी : जनताको विश्वासलाई मतमा रूपान्तरण गर्ने लक्ष्य साथ चुनावी मैदानमा

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट कुन्तीदेवी पोखरेललाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीको पछिल्लो महाअधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी पोखरेलको नाम प्रतिनिधिसभाका लागि औपचारिक रूपमा सिफारिस गरिएको हो।पार्टीभित्र बलियो जनसमर्थन, स्थानीय तहमा सक्रियता र निरन्तर जनसम्पर्कका कारण पोखरेल काठमाडौं–२ मा भरोसायोग्य नेतृका रूपमा परिचित हुँदै आएकी छन्। सामाजिक सेवा, महिला सशक्तिकरण र समुदायसँगको सहकार्यलाई आफ्नो राजनीतिक पहिचान बनाएकी उनी कार्यकर्तामाझ मात्रै होइन, आम नागरिकबीच पनि लोकप्रिय मानिन्छिन्।स्थानीय समस्यामा प्रत्यक्ष संलग्नता, सामाजिक गतिविधिमा निरन्तर उपस्थिती र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको पार्टी स्रोतको भनाइ छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–२ बाट कुल २८ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये १६ जना विभिन्न दलका उम्मेदवार छन् भने १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उम्मेदवार धेरै भए पनि यस क्षेत्रमा मुख्य रूपमा पाँच ठूला दलबीच प्रतिस्पर्धा केन्द्रित हुने अनुमान गरिएको छ। काठमाडौं महानगरपालिकाका वडा नं। ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं। ४ देखि ९ सम्म तथा शंखरापुर नगरपालिकाका सबै वडा समेटिएको यो निर्वाचन क्षेत्र भौगोलिक रूपमा समेत फराकिलो छ। करिब ८८ हजार मतदाता रहेको यो क्षेत्र कोटेश्वरस्थित बागमती–मनोहरा दोभानदेखि तीन जिल्ला जोडिने छापभञ्ज्याङसम्म फैलिएको छ।

यसपटक एमालेबाट मणिराम फुयाल चुनावी मैदानमा छन्। २०७९ को निर्वाचनमा दोस्रो स्थानमा सीमित भएका फुयाल यसपटक पार्टीको पुरानो विरासत फर्काउने रणनीतिमा छन्। कांग्रेसले क्षेत्रीय सभापति कविर शर्मालाई उम्मेदवार बनाएको छ भने शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका शर्माले युवामाझ लोकप्रियता बढाइरहेका छन्। माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपाबाट नितेश पौडेल उम्मेदवार छन्। क्षेत्रको भुगोल र मतदातासँग परिचित पौडेल विकास निर्माणका मुद्दा लिएर सक्रिय देखिन्छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी चुनावी प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य बनेका केसी संघीय संसदमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएका हुन्। राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल भने काठमाडौं–२ का लागि नयाँ अनुहार होइनन्। महानगरको वडा नं। ९ की स्थायी बासिन्दा ३९ वर्षीया पोखरेल व्यवसाय, सामाजिक सेवा र राजनीतिलाई सँगै अघि बढाउँदै आएकी छन्। अघिल्लो निर्वाचनमा उल्लेख्य मत ल्याएर तेस्रो स्थानमा रहेकी उनी यसपटक जनताको विश्वासलाई मतमा रूपान्तरण गर्ने लक्ष्यका साथ चुनावी दौडमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को एकता महाधिवेशनमा सर्वाधिक मत पाएकी केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् । आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा रहेकी पोखरेलले पटक–पटक चुनाव जितेर काम नगर्ने, क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने बताउँदै आएकी छिन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्ने उनको भनाइ छ । पोखरेलको विचारमा राजनीति भनेको पेशा होइन, समाजसेवा हो । आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने उनले बताइन् । राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति आवाज उठाइरहन्छु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लड्छु’ पोखरेलले भनिन्, ‘देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्ट्रघात विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउन मेरो उम्मेदवारी हो ।’ हिजोको हिन्दू राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई पनि उनले खुलस्त पारिरहेकी छन् । मतदातासँग घुलमिल हुनसक्ने क्षमता र धर्म जस्तो ज्वलनशील एजेण्डा उनीसँग छ ।

युवा नेतृत्वपोखरेललाई काठमाडौं २ बाट तपाईंको उम्मेदवारी के का लागि भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपालमा व्याप्तहत्या, हिंसा, बलात्कार, अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचार, कुरीति, कुसंस्कार र राष्ट्रघातविरुद्ध मेरो उम्मेदवारी हो ।’ उनी थप्छिन्, ‘अहिले नेपालमा भ्रष्टाचार र अनियमितताको सिमा नाघेको छ, महिला, बालिकाहरु दिनदहाडै बलित्कृत भएका छन् । सरकारी संघ, संस्थाहरु लथलालिङ्ग पारिएको छ । देशका जल, जंगल र जडीबूटीमा विदेशीले राजगरिरहेको छ । प्रशासनिक संयन्त्रहरु निकम्मा सावित भएका छन् । त्यसकाविरुद्ध पनि मेरो उम्मेदवारी हो ।’ भ्रष्टाचारी, बलात्कारी, देशद्रोही तथा मानव बेचबिखन जस्ता जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने कानुनी व्यवस्था आवश्यक रहेको पोरेलको घोषणापत्रमा उल्लेख छ । त्यसैगरी पोखरेलले धर्मरपेक्षताका नाममा व्यापक रुपमा विदेशी चलखेल भएकाले सनातनधर्म र मौलिक संस्कृतिको रक्षाका निम्ति कानुन निर्माण गर्न आवाज बुलन्दगर्ने उद्घोष गरेकी छन् । नेपाल जस्तो सानो देश संघीयताका कारण आर्थिक रुपले जर्जर भएकाले त्यसको खारेजीको माग गरेकी छन् ।

राजनीतिक विकृति, विसंगतिका कारण युवाशक्ति रोजगारी र अध्ययनका लागि दिनानुदिन ठूलो संख्याविदेश पलायन भइरहेका छन् । उनीहरुलाई स्वदेशमै युग सुहाउँदो सीपयुक्त प्राविधिक शिक्षा उपलब्ध गराई सिर्जनशील र स्वरोजगार मुखी बनाउने कानुनी व्यवस्था हुनुपर्नेमा नेतृ पोखरेल जोड दिएकी छन् । त्यसैगरी एकल महिला, जेष्ठ नागरिक, अपाङ्गगता भएका व्यक्ति र आर्थिक, सामाजिक तथा राजनीतिक रुपले राज्यको पहँुचबाहिर रहेका व्यक्तिलाई पहुँचमा पु¥याई सामाजिक सुरक्षाको प्रत्याभूति ग्यारेन्टी गर्ने कानुनको खाँचो रहेको पनि औल्याएकी छन् । त्यसैगरी पोखरेलले काठमाडौं क्षेत्र नं। २ स्थित ऐतिहासिक मठमन्दिर, पुरातात्विक महत्वका सम्पदा र पाटीपौवाको उचित संरक्षण, सम्वद्र्धनका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी केन्द्रसँग जोड्न भूमिका निर्वाह गर्ने बताएकी छन् । त्यस्तै ऐतिहासिक नेवाः समुदायको भेषभुषा, भाषाभाषी, संस्कार, संस्कृतिगुठी संस्थाहरुको सम्वद्र्धन गर्दै उचित गर्नुपर्नेमा जोड दिएकी छन् । त्यस्तै काठमाडौं २ नम्बर क्षेत्रअन्तर्गत जोरपाटी–साँखु सडकखण्ड लगायत विकास निर्माणका अन्य आयोजनाहरु चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् । त्यसैगरी कोटेश्वर, जडिबुटी हुँदै साँखु सम्मको सडकको उचितमर्मत सम्हारमा विशेष जोड दिने बताएकी छन् । शिक्षा, स्वास्थ्यनिःशुल्कगर्न राज्यको दायित्व भएकाले आपूmले त्यसको पहल कदमी गर्ने पनि उनको चुनावी घोषणा¬–पत्रमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *