धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले)की लिलाकुमारी भण्डारी विजयी भएका छन्।
खातीले कुल ३ हजार ९६९ मतभार प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार पाए।
त्यस्तै, भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी, नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार मात्र पाइन।
मतदाता सहभागितासम्मको विवरणअनुसार २२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए।




