पोखरा । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा. जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तिमिल्सिना अन्य समूहबाट र नेकपा (एमाले)की देवकोटा महिला समूहबाट विजयी भएका हुन् ।
कुल ६ हजार ६९ मतभारमध्ये तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गर्दा देवकोटाले ५ हजार १४ मतभार हासिल गरिन् । यस निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन रहेको थियो ।
निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बराल उम्मेदवार थिए ।




