देश

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा एक सय ९१ मत खस्यो

कर्णाली । राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जना मतदाताले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले तथा ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गरेका हुन् ।

उक्त निर्वाचनमा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्य क्लस्टरअन्तर्गत नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा उम्मेदवार छन् भने महिला क्लस्टरअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिएका छन् ।

मतदान प्रक्रिया सम्पन्न भएसँगै केहीबेरमा मतगणना सुरु गरिने सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *