देश

चुनावी मैदानमा एमाले–प्रलोपा नजिकिए, तीन बुँदे सहमति

काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई नेकपा एमालेले मतदानमा सहयोग गर्नेछ ।

त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लामा तथा पुरानो राप्ती अञ्चलअन्तर्गत दाङ, रुकुम पश्चिम, रोल्पा र प्युठान जिल्लामा एमालेका उम्मेदवारलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन गर्ने सहमति भएको छ ।

उक्त सहमतिपत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *