राजनीति

काँग्रेस नेता राजेन्द्र बजगाईं पार्टी परित्याग गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गर्ने सोच बनाएको बताएका हुन् । ‘केही निकृष्ट पात्र’का कारण कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास-नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ उनले लेखेका छन्।

उनी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकटको दावेदार थिए । तर पार्टीले टिकट नदिएपछि उनी पार्टी छोड्ने तयारीमा लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *