काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ । चौधरीले आफ्नो उमेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्चमा रिट दिएका थिए ।
निर्वाचन आयोगले कसुर र कैदको अभिलेख कायमै हुने भन्दै उमेदवारी खारेज गर्ने निर्णय गरेपछि चौधरी सर्वोच्च गएका हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको छ । आदेशको तयारी भइरहेको छ ।
कैलाली क्षेत्र नम्बर १ मा चौधरीले उमेदवारी दिएका थिए ।




