खेलकुद

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

काठमाडौँ । बंगलादेश टी-२० विश्वकपबाट बाहिरिएको छ । भारतमा नखेल्ने अडानबाट पछि नहटेपछि आइसीसीले बंगलादेशलाई विश्वकपबाट बाहिर राख्दै स्कटल्याण्डलाई विश्वकपमा समावेश गरेको छ ।

आइसीसीले बुधबार बंगलादेशलाई दिएको २४ घण्टाको समय शुक्रबार सकिएको थियो । आइसीसीले बुधबार नै बंगलादेश भारत खेल्न नआएमा उसलाई विश्वकपबाट बाहिर राख्ने र उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरेको थियो ।

आइसीसीले आफ्नो निर्णय बारे बंगलादेश क्रिकेट बोर्डलाई शुक्रबारनै इमेलमार्फत जानकारी गराएको भारतीय समाचार एजेन्सी पीटिआईले उल्लेख गरेको छ ।

अब टी- २० विश्वकपमा समूह सी मा बंगलादेशको स्थानमा स्कटल्याण्ड आएको छ । अब स्कटल्याण्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *