देश

देश र जनताका पक्षमा काम गर्नुपर्ने

काठमाडौँ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

त्यस अवसरमा नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक दाहालले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न अनुरोध गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *