विश्व

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् ।

भारी वर्षाले उत्पन्न भएको पहिरो शनिबार विहान २ः३० बजे पश्चिम बाण्डु्ग जिल्लामा परेको थियो, जसले धेरै घरमा क्षति पु¥याएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भन्नुभयो,“शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुंग जिल्लामा पहिरो गएको छ, जसमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान १०ः३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित फेला परेका छन्, तर ८३ जनाको खोजी अझै जारी छ ।”

इन्डोनेसियामा वर्षायाम (अक्टोबरदेखि मार्चसम्म) मा बाढी र पहिरो सामान्य समस्या हुन् ।

गत वर्षको अन्त्यतिर दक्षिण र दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुन वर्षाले इन्डोनेसियाको सुमात्रा र श्रील्काका पहाडी क्षेत्रमा घातक बाढी र पहिरो ल्याएको थियो। सुमात्रा बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएका थिए ।

वातावरणीय विज्ञ र विज्ञहरूले वनक्षयले बाढी र पहिरो बढाउन भूमिका खेलेको बताएका छन्, जसले गाउँमा माटोको बहाव ल्यायो । यसै कारण सरकारले यस हप्तामा सुमात्रामा रहेका बन, खानी र जलविद्युत कम्पनीहरूको २४ भन्दा बढी अनुमति रद्द गरेको छ ।

यसैबीच, यस महिनामा इन्डोनेसियाको सियाउ टापुमा आएको भारी वर्षाले छिटो बाढी ल्याएको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *