देश

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद थप गर्ने निर्णय हुनसक्ने बताइएको छ । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो ।

असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदैछ । आयोगले बयान लिने काम सकेर प्रतिवेदन लेख्ने क्रममा रहेको र यसका लागि अझै करिब तीन साता लाग्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *