राजनीति

भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा

टक्सार (भोजपुर)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेकपा (एमाले) का शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा, मङ्गोल नेशनल अर्गनाइजेसनका चन्दप्रसाद राई, नेकपा (माओवादी) का देवानराज राई, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई ‘काङमाङ’, जनता समाजवादी पार्टीका गोपालकुमार राई, नेपाली कांग्रेसका बालकृष्ण थापा र आम जनता पार्टीका युवराज थापाले उम्मेदवारी दर्ता गराएका छन्।

भोजपुरमा कुल १ लाख २५ हजार ७ सय ६६ मतदाता रहेका छन्। जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *