विश्व

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भारी वर्षा पछि आएको बाढी पहिरोका कारण १८ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी बेपत्ता भएको जनाइएको छ ।

पूर्वी कङ्गोको उत्तर किवु प्रान्तको बुरुत्सी गाउँमा भारी वर्षा पछि बाढी र पहिरो आएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मुख्य सहर गोमा र प्रान्तीय राजधानी वालिकाले बिचको मुख्य सडक सञ्जाल वर्षाका कारण क्षेतिग्रस्त भएको जनाइएको छ ।

स्थानीय अधिकारीहरूले सरकारबाट सहयोगको अनुरोध गरेको तर गोमाको सडक बन्द हुँदा सरकारको सेवा प्रवाह प्रतिक्रियामा बाधा पुगेकाले प्रभावितहरुको खोजीमा बाधा पगेको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *