देश

रहबर अन्सारीले छाडे पार्टी

काठमाडौँ । मधेस प्रदेशसभा सदस्य एवं माओवादी नेता रहबर अन्सारीले पार्टी छाडेका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै अन्सारीले पार्टी छाडेका हुन् । अन्सारीले बिहीबार हुलाकमार्फत राजीनामा प्रचण्डलाई पठाएका हुन् ।

उनले प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको ‘सागर के तुफान को भी हमने बस में किया है..’ गीत उदृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको भन्दै राजीनामा दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *