देश

राष्ट्रिय सभाका १८ जनाको निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका लागि ४४ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेशगत रुपमा विभिन्न दलका ४४ उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । आयोगले आज बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।आयोगले उम्मेदवारीमाथि पुस २४ गते विहिबार उजुरी दिन सकिने र २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *