देश

राष्ट्रिय सभा निर्वाचन: कोसी प्रदेशबाट कांग्रेसका थापा निर्विरोध

विराटनगर । कोसी प्रदेशबाट नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।

उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *