देश

सुदूरपश्चिममा कांग्रेस–एमालेका उम्मेदवारले मनोनयन दर्ता

धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेबाट लीला भण्डारीले मनोनयन दर्ता गराएका छन्।

दुईदलीय गठबन्धनअनुसार दुवै उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन प्रक्रिया पूरा गरेका हुन्।

खातीको प्रस्तावकमा पदमबहादुर शाही रहेका छन् भने समर्थकमा अन्य नेता रहेका छन्। भण्डारीको प्रस्तावक प्रदेश सांसद धर्मराज पाठक र समर्थक सन्तोष शर्मा थापा रहेका छन्।

यसअघि नेकपाबाट महिलातर्फ रोजी बस्नेत र अन्यतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गरिसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *