राजनीति

प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ।’

उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *