देश

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्लै लड्ने, यी हुन् उम्मेदवार

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै लड्ने भएको छ ।

नेपाली काँग्रेस र एमालेसँग तालमेलमा कुरा नमिलेपछि एक्लै चुनाव लड्ने गरि उम्मेदवार चयन गरेको हो । तालमेलमा नेकपाले ४ सिट मागेकोमा ३ भन्दा बढी दिन काँग्रेस-एमाले तयार नभएपछि कुरा नमिलेको हो ।

नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेश प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतबाट सरोज कुमारी झा, प्रेम प्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट रोजी बस्नेत र टीकाराम जैशीलाई उम्मेदवार बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *