राजनीति

एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

भोजपुर । नेकपा एमालेका सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस भएका छन् ।

एमाले जिल्ला कमिटी भोजपुरको मंगलबार बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्काे बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उनको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।

एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *