काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केहीबेरका लागि स्थगित भएको छ। बैठकको मूल एजेण्डा राष्ट्रिय सभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा केन्द्रित थियो।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, आज राति अबेरसम्म बैठक बसे पनि राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको निर्णय टुंग्याउने उद्देश्यका लागि बैठक केहीबेरका लागि स्थगित गरिएको हो। उनले भने,”हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ। राति अबेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गरिनेछ।”
कांग्रेसले एमाले लगायत अन्य दलसँग तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने रणनीति तय गरिसकेको छ।




