काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच तालमेल हुने भएको छ। कांग्रेस नेता रमेश लेखकले दलबीच सहमति भएको जानकारी दिएका छन्।
उनका अनुसार कांग्रेस र एमालेले समान रूपमा ७–७ सीट, नेकपाले ३ सीट र जसपाले १ सीट पाउने गरी सहमति भएको छ।
लेखकले भने, “७–७ सीटमा कांग्रेस र एमालेले चित्त बुझाइसकेको छ। नेकपाले चार सीट चाहन्छ भने पनि उनीहरू बेलुकासम्ममा सहमतिमा आउँछन्।”
आज बेलुकासम्ममा सबै विषय टुंग्याउने गरी छलफल जारी रहेको छ। राष्ट्रिय सभाको रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुँदैछ।




