देश

एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा बादल

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको हो ।

कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन्। बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति गठन समेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *