देश

राष्ट्रियसभा चुनावअघि एमालेको रणनीतिक बैठक, आठ एजेण्डामा बहस

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठक आठवटा प्रमुख एजेण्डामा केन्द्रित रहेको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट, घोषणापत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन तथा युवा केन्द्रित निर्वाचन परिचालन रणनीतिबारे छलफल भइरहेको छ। यस बैठकपछि एमाले प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा होमिने संकेत देखिएको छ।

त्यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी तथा सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि बैठकमा समावेश छ। पार्टी नियमावली संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधनबारे समेत छलफल भइरहेको बस्नेतले बताए।

यसैगरी, राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र नेकपासँग चुनावी तालमेल गर्ने विषयमा पनि एमालेभित्र छलफल जारी छ। सो सम्बन्धमा आजको बैठकले निर्णय लिन सक्ने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *