देश

स्वास्थ्य उपचारका लागि कांग्रेस नेतृ डा. आरजु राणा दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्। उनी भारतमा फलोअप उपचारका लागि गएकी हुन्, जहाँ उनले २०७९ साउनमा पाठेघरको शल्यक्रिया गराएकी थिइन्।

कांग्रेस सचिवालयका अनुसार, डा. राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी हुन्। उपचारका क्रममा रहँदा उनले सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने सम्भावना रहेको कांग्रेस स्रोतहरूले जनाएका छन्।

स्रोतहरूले बताएअनुसार, डा. राणाको स्वास्थ्य अवस्थासँगै राजनीतिक गतिविधि र संभावित भेटवार्ताले पनि ध्यानाकर्षण पाएको छ। यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका थिए। कांग्रेसका नेताहरूले डा. राणाको दिल्ली भ्रमणलाई स्वास्थ्यसँगै राजनीतिक र समन्वयात्मक उद्देश्य भएको संकेत गरेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *