काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्यो।
बैठकको मुख्य एजेन्डा २०८२ राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित छलफल रहेको थियो। बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार तथा समितिका सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी. प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एन.पी. साउँद उपस्थित थिए।
साथै, आमन्त्रित केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र मीन विश्वकर्मा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले पनि बैठकमा आ–आफ्नो धारणा व्यक्त गरेका छन्। पार्टी स्रोतका अनुसार, बैठक आगामी २०८२ पुस २२ गते बिहान ११ः०० बजे पुनः बस्ने तय भएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा पार्टी एकता र आगामी राष्ट्रिय सभा निर्वाचनका रणनीतिहरूलाई प्राथमिकतामा राखेर छलफल भएको छ।





