देश

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व डा. रुना झाको हातमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झालाई नियुक्त गरेको छ। मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

यसअघि डा. झा कोशी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको भूमिकामा कार्यरत थिइन्। मन्त्रालयबाट जिम्मेवारी हेरफेरको जानकारी प्राप्त भइसकेको र औपचारिक पत्र बुझ्न बाँकी रहेको उनले बताएकी छन्।

डा. झा कार्यरत रहेको कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने ११ औँ तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन डा. राम नारायण चौधरीलाई दिइएको छ।

यसैबीच, हालसम्म जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रहेका डा. रञ्जनराज भट्टलाई दरबन्दीमै रहेर प्रयोगशालामै कार्य गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले स्पष्ट पारेको छ। डा. झा यसअघि पनि लामो समयसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकका रूपमा सेवा दिइसकेकी अनुभवी व्यक्तित्व हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *