देश

ओलीले बोलाए एमाले सचिवालय बैठक

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *