विश्व

इरानी सर्वोच्च नेता खामेनी मस्को भाग्ने तयारीमा

 

तेहरान । इरानमा महंगी, बेरोजगारी र कमजोर हुँदै गएको अर्थतन्त्रको विरोधमा सर्वोच्च नेता अयातोल्लाह खामेनीविरुद्ध यहाँ ९ दिनदेखि प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका कारण हाल यहाँको अवस्था झन् खराब हुँदै गएको छ । जसकारण खामेनीले अशान्ति बढे देश छोड्ने योजना बनाएको दाबी गरिएको छ ।

बेलायती पत्रिका द टाइम्सका अनुसार, यदि विरोध प्रदर्शन बढ्यो र सुरक्षा बलले विद्रोह गर्‍यो भने खामेनीले तेहरान छोड्ने आपतकालीन आकस्मिक योजना तयार पारेका छन् । उनी आफ्ना २० जना नजिकका सहयोगी र परिवारका सदस्यहरूसँग इरान छोडेर मस्को जाने द टाइम्सको दाबी छ ।

मिडिया रिपोर्टका अनुसार, पछिल्लो इजरायली आक्रमणहरूले इरानको उच्च सुरक्षा बलको शीर्ष नेतृत्वलाई गम्भीर क्षति पुर्‍याएको छ, जसले गर्दा देशभर फैलिएको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न अझ गाह्रो भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *