विश्व

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की,‘भनेको नमाने हालत मादुराको भन्दा पनि नराम्रो हुनेछ’

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई चेतावनी दिएका छन् कि यदि उनले अमेरिकाको इच्छाअनुसार काम गरिनन् भने उनको स्थिति मादुरोभन्दा पनि नराम्रो हुन सक्छ।

ट्रम्पले ‘द अटलान्टिक’ पत्रिकालाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्। यसअघि उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको जानकारी दिएका थिए

न्यूयोर्क पोस्टलाई दिइएको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानेमा भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नु नपर्ने बताए।

तर अर्कोतर्फ, रोड्रिगेजले मादुरोलाई सत्ताबाट हटाउने योजना र उनको फिर्तीको मागको आलोचना गरेकी छन्।

भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सी रोड्रिगेजलाई तत्काल अन्तरिम राष्ट्रपतिका रूपमा सबै अधिकारसहित कार्यभार सम्हाल्न आदेश दिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन् कि भेनेजुएलामा अमेरिकी कब्जा छैन र हालको परिस्थितिलाई कब्जा भनिनु गलत हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *