देश

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । सरकारका मन्त्रीको कार्यविभाजन हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीको कार्यविभाजन हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *