देश

वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

जनकपुरधाम । टिकटकमा एक–अर्काको धर्म तथा संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ । धनुषामा भएको घटनाको प्रभाव पर्साको वीरगञ्जसम्म देखिएको छ ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकारीका अनुसार ‘संवेदनशील परिस्थिति’ उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै एक भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोले धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप लगाउँदै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशित बनेका थिए । सोही क्रममा मस्जिदमा आक्रमणसमेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

सोही घटनालाई लिएर पर्साको वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन जारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *