विश्व

लेबननमा इजरायली सेनाको गोली प्रहार, सुरक्षा उल्लङ्घनको आरोप

इजरायली सेनाले दक्षिण लेबननमा शान्ति सैनिकको नजिक दुई पटक गोली चलाएको भन्ने कुरा संयुक्त राष्ट्र अन्तरिम फोर्स इन लेबनन (युनिफिल) ले शुक्रबार जनाएको छ ।

यस्ता घटना ‘चिन्ताजनक प्रवृत्ति’ को रूपमा लिइएको छ । सैनिकहरूले बिहान कफर शौबा नजिक पहिलो पटक करिब १५ राउन्ड साना हतियारको गोली करिब ५० मिटरको दूरीमा चलाएको थियो । त्यसको २० मिनेटभित्रै दोस्रो टोलीले करीब १०० राउन्ड मेसिन–गनको गोली उस्तै दूरीमा चलाएको छ । यी घटनामा कोही घाइते नभएको र कुनै क्षति पनि नभएको बताइएको छ ।

गोली इजरायली सेनाबाट आएको युनिफिलले अनुमान गरेका छन् । यसपछि संयुक्त राष्ट्र फोर्सले तुरुन्तै गोली रोक्न अनुरोध पत्र पठाएको थियो । शान्ति सैनिकहरूको गतिविधि पहिले नै इजरायली सेनालाई जानकारी दिइएको थियो ।

संयुक्त राष्ट्र फोर्सले भनेको छ, “यस्ता घटना धेरै नियमित रूपमा भइरहेका छन् र चिन्ताजनक प्रवृत्ति बन्दै गएको छ । शान्ति सैनिक नजिक गोली चलाउनु संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्प १७०१ को स्पष्ट उल्लङ्घन हो ।”

इजरायली सेनाले अहिलेसम्म यस घटनामा कुनै प्रतिक्रिया दिएको छैन । पहिलेका झडपमा पनि शान्ति सैनिकका ठाँउहरू लक्षित भएका थिए, जसमा चोटपटक र क्षति पुगेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *