विश्व

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

भारतले देशको मध्य क्षेत्रमा लामो समय देखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले शनिबार दुई झडपमा १४ जना माओवादी विद्रोही लडाकुहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

मध्य भारतमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

सरकारले यस समूह माथि कारबाही गरिरहेको छ, जसको नाम हिमालयको फेदमा रहेको गाउँको नाममा राखिएको छ जहाँ लगभग छ दशक अघि माओवादी–प्रेरित विद्रोह सुरु भएको थियो ।

प्रहरीका अनुसार विद्रोहीहरूलाई मध्य राज्य छत्तीसगढमा शनिबार गोली हानेर मारिएको थियो ।

छत्तीसगढ प्रहरीले विज्ञप्ति जारी गर्दै मासुकमा र बिजापुर जिल्लामा भएको झडपमा १४ जना माओवादी मारिएको जनाएको छ ।

विद्रोहीहरुसँगबाड गोलाबारुद र एसल्ट राइफलहरू जफत गरिएको उहाँले बताउनु भएको छ ।

अधिकारीहरूले बारम्बार मार्चको अन्त्य सम्ममा विद्रोह पूर्ण रूपमा अन्त्य गर्ने वाचा गरेका छन् ।

सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूसहित नक्सालवादी विद्रोहले कुनै समय देशको लगभग एक तिहाइ भागमा प्रभुत्व जमाएको थियो, तर हालैका वर्षहरूमा समुह कमजोर भएको जनाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२४ देखि छत्तीसगढमा शीर्ष नेतृत्वको साथै पाँच सय बढी माओवादी विद्रोही मारिएको भारतको सुरक्षा बलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *