मुख्य समाचार

भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप

भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ ।

विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो ।

२१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन् ‘सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।’ राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गरेका छन् ।

सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ । यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने बोटहरूलाई निशाना बनाएको थियो । भेनेजुएलाले अमेरिका सँग ड्रग नियन्त्रण सम्झौताको तयारी रहेको जनाएको छ ।
मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *