काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
क्यानले एक कार्यक्रमकाबीच क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
जसअनुसार २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ ।
यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्नेछ भने पुरुष टी–२०विश्वकपमा सहभागिता जनाउने छ ।





