देश

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगलागीबाट क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगलागीबाट क्षतिग्रस्त सर्वोच्च अदालत भवनको अवलोकन गरेकी छन् ।

यही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतको भवनमा आगजानी हुँदा भएको क्षतिको स्थलगत निरीक्षणका लागि उनी अदालत परिसर पुगेकी हुन् ।

अवलोकनका क्रममा प्रधानन्यायाधीश प्रकाशसिंह राउतले सर्वोच्च अदालतसहित आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न अदालतहरूको अवस्था, क्षतिको विवरण तथा त्यसपछि प्रभावित न्यायिक काम–कारबाहीबारे पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमाथि भएको आक्रमण गम्भीर विषय भएको उल्लेख गर्दै क्षतिग्रस्त संरचनाको शीघ्र मर्मत, पुनर्निर्माण तथा न्यायिक सेवा अवरोधरहित सञ्चालन हुनुपर्नेमा जोड दिएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *