विश्व

सन् २०२५ मा श्रीलङ्कामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च

सन् २०२५ मा श्रीलङ्कामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताउनु भएको छ । प्रहरीका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो ।

प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका सडक दुर्घटनाहरूमा दुई हजार ७१० जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३२२ बढी हो । श्रीलङ्कामा हुने करिब ८५ प्रतिशत सडक दुर्घटना मनोवैज्ञानिक कारणसँग सम्बन्धित समस्याहरूका कारण हुने उहाँले बताउनु भएको छ ।

सन् २०२५ मा दुर्घटनाका अन्य मुख्य कारणहरूमा द्रुत गतिमा गाडी चलाउनु, रक्सी पिएर गाडी चलाउनु, थकान र लागु–औषधको प्रयोग लगायतका कारण समावेश भएको वुटलरले बताउनु भएको छ ।

घातक दुर्घटनाको दर घटाउन सन् २०२६ मा प्रहरी महानिरीक्षकको सुपरिवेक्षणमा आवाश्यक पहलहरू लागु गरिने पनि प्रवक्ता वुटलरले बताउनु भएको छ ।

यस अघि मोटर यातायात आयुक्त कमल अमरसिंघेले सन् २०२६ सम्ममा श्रीलङ्कामा चालकहरूका लागि डिमेरिट पोइन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने घोषणा गर्नु भएको थियो जसको उद्देश्य ट्राफिक अपराधीहरूलाई ट्र्याक गरेर र सजाय दिएर सडक दुर्घटनाको बढ्दो संख्यालाई रोक्नु हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *