देश

बालेन र रवि दाग लागेका व्यक्ति हुन् : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाग लागेका व्यक्ति भएको टिप्पणी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो धारणा राखेका हुन्।

उनले केन्द्रीय कार्यसमितिको बैठकमा सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको सूचीबारे छलफल भइरहेको जानकारी दिए।

प्रवक्ता महतका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाइनेछ। “सूची तयार गरी भोलिसम्म आयोगमा बुझाउने तयारी छ,” उनले भने।

समानुपातिक प्रणालीअन्तर्गत ११० जना सांसद चयन हुने भएकाले सूची तयार पार्ने काम पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *