देश

टेरामक्स प्रकरणमा सर्वोच्चका दुई आदेश झिकाउन विशेष अदालतको आदेश

काठमाडौँ । टेरामक्स भ्रष्टाचार प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुईवटा आदेश झिकाउन निर्देशन दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले सोमबार उक्त प्रकरणसँग सम्बन्धित सर्वोच्च अदालतका दुई आदेश मगाउने निर्णय गरेको हो।

टेरामक्स भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएका छन्। उनीमाथि नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ १ गते तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बराबरको घोटाला भएको आरोप लगाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *