काठमाडौँ । प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष तथा चिनियाँ नागरिक च्यान मिन चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, क्यासिनोमा डमी खेलाडी खडा गरी आँखामा लेन्स र तासमा चिप्स जडान गरेर ठगी गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा चिङलाई पक्राउ गरिएको हो।
यसअघि सोही प्रकरणमा प्रहरीले चार जना भारतीय नागरिक र दुई जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइसकेको छ। अलफ्ट होटल परिसरमा सञ्चालन हुँदै आएको उक्त क्यासिनोमा ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा चलाएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




