राजनीति

रवि–बालेनकाे सहमति लक्षित हर्क साम्पाङको टिप्पणी – सत्ताकै लागि सम्झौता

काठमाडौं ।काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सहमतिप्रति तीव्र आलोचना गरेका छन्। उनले उक्त सहमति सत्ताकै लागि गरिएको र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य बोकेको दाबी गरेका छन्।

आज बिहान फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले “कुर्सीका लागि देश लिलाम गर्ने प्रयास” भएको टिप्पणी गरे। विदेशी प्रभाव नेपालमा प्रत्यक्ष देखिन थालिसकेको र त्यसलाई औपचारिक बनाउने खेल भइरहेको उनको आरोप छ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको नाम नलिई उनले जेनजी आन्दोलनका बेला निष्क्रिय बसेको आरोपसमेत लगाए। बालेनलाई लक्षित गर्दै उनले ‘भित्रै बसेर डर लाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्ति भनेर आलोचना गरेका छन्। यसैगरी एमसीसी सन्दर्भ जोड्दै साम्पाङले रवितर्फ संकेत गर्दै कटाक्ष गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *