देश

रेशम र रञ्जिताको पार्टीबीच एकता हुँदै

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।

गत भदौमा विभाजन भएको दुवै पार्टी शनिबार एकतामा जाने सहमतिमा पुगेका हुन् ।एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ भने झन्डा र चुनाव चिन्ह पनि सोही पार्टीकै कायम हुने बताइएको छ । एकता हुने कुराको पुष्टि अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छन् ।

२०७८ पुसमा गठन भएको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादका कारण विभाजित भएको थियो ।२०८० पुसको महाधिवेशनपछि नेतृत्व विवाद चर्किँदा रेशम चौधरी पार्टीबाट अलग भई नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

पाँच महिनापछि दुवै पक्षबीच पुनः सहमति जुट्दै एकता हुन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *