काठमाडौं । जेनजी आन्दोलनमा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगविरूद्व परेको रिटको फैसला आज आउने भएको छ ।
सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको हो । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेका थियो ।
त्यसकाविरूद्व अधिवक्ता विपिन ढकालले रिट दायर गरेका हुन् । ढकालले आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गरेका छन् ।
आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।




