काठमाडौँ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बङ्गलादेश जस्तो बन्न दिन नहुने बताएकी छन्।
बिहीबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, “हामी अहिले अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छन्, जन–जी समूहले पनि ‘आज छोड, भोलि छोड’ भन्छन्। तर छोड्दा पनि परिणाम सकारात्मक हुँदैन। हामी पेन्डुलम जस्तो भयौँ, तर सकस गरेर, मेहनत गरेर, धेरै धैर्य धारण गर्दै काम गरिरहेका छौँ।”
प्रधानमन्त्री कार्कीले राजनीतिक दल, जेन–जीका समूह र अन्य निकायबाट लगातार गाली र दबाब आउँदै आएको बताउँदै वर्तमान सरकार धैर्यपूर्वक सबै कुरा सहेर अघि बढिरहेको उल्लेख गरिन्। उनले थपिन्, “कतै जाँदा सुख नहुने अवस्था छ। मुलुक बङ्गलादेश नहोस् भन्ने सुरमा हामी छौँ। बङ्गलादेश चाहिँ नहोस्।”
उनले जन–जी समूहका गतिविधिहरूले सरकारलाई चुनौती दिइरहेको तर देशको स्थायित्व र समृद्धिका लागि सरकार कटिबद्ध रहेको बताइन्।




